सल्यानमा सबै पार्टी बिच स्वच्छ पर्तिस्पर्दा गर्ने गठबन्धनको निर्णय

सल्यान,४ बैसाख ।आसन्न स्थानिय तह निर्वाचनमा सल्यानमा गठबन्धन नहुने भएको छ।सत्तारूढ गठवन्धन भित्रका दलहरूको सम्पन्न बैठ्कले गठबन्धन नगर्ने निर्णय गरेका छन।हिजो शनिबारदेखि जारी बैठकमा पालिका भागबन्डामा सहमती नभएपछि गठबन्धन भाडिएको हो।पालिका तथा वडा वाडफाड सम्वन्धि जिल्ला स्तरिय संयन्त्रले आसन्न जेठ ३० गते हुने स्थानिय तह निर्वाचनमा मैत्रीपुर्ण र स्वछ प्रतिस्पर्धा सहित निर्वाचनमा जाने निर्णय गरेको नेपाली कांग्रेस सल्यानले बताएको छ।

संम्यन्त्रको बैठकमा माओवादी केन्द्रले ६ स्थानिय तहमा दावी गरेपछि सहमती हुन नसकेको हो। नेपाली कांग्रेसले गत स्थानीय तह निर्वाचनमा जितेको १ तह छाड्दा समेत माओवादी ब्याक नभएको बैठकमा बताईएको छ। त्यस्तै एकीकृत समाजबादिले २ स्थानिय तह दाबी गरेको छ।
गठबन्धन नहुने भएपछि दलहरु आन्तरिक छ्लफलमा जुट्न सुरु गरेका छ्न।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्