नबिन के: सी – ८ बैशाख सल्यान / जिल्लाको दार्मा गाउँपालिका ५ मा अमेरिकी फौजी किराले ३०० रोपनी जमिनमा लगाएको आलु बालिमा क्षति गरेको छ । दार्मा गाउँपालिका वडा नं. ५ काफलनेटा लिरेडाँडा,बछेला भालुखोला लगायतका टोलमा ३०० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको हिउदे आलु बालीमा फौजी किराले पुर्याएको क्षति पुर्याएको कृषि बिकाश शाखा प्रमुख अमृत खड्काले बताएका छ्न । उनी भन्छ्न हामी धेरैले फौजी किराले आलु बालीमा आक्रमण गरेको न त कहिल्यै सुन्यौं नत कहिल्यै देखियौं । तर पहिलो पटक आलु बालीमा लागेको देख्दा विश्वासनीयताको लागि विभिन्न अवस्थाका लार्भाहरु र माउपुतलीको खोजी जारी राखियो । अन्तत: निकै लामो प्रयासका बावजुद मिथिन्न जातको माउपुतली भेटाउन सफल भयौं । हुन त फौजी किरा आलु बालीमा सधै लाग्दैन । जलवायुमा भएको परिवर्तनले गर्दा नै अहिलेको अवस्था आएकोमा दुई मत छैन ।
अघिल्लो पखेटामा राम्ररी देखिने गहिरो खैरो दाग, बाङ्गोटिङ्गो रेखा र पछाडिको पखेटा असाधै फिक्का खैरा देखिने फिक्का खैरो देखि कैलो रङ्ग बयस्क पुतलीको लार्भा ३-४ सेमी लामो, टाउको वा शिर फिक्का खैरो हुनको साथै ढाडमा ३ वटा लम्बेतानका रेखा देखिन फौजिकराको रोकथाम तथा व्यवस्थापनको लागि जैविक विषादी खरिद गरी वितरण गर्नको लागि पालिकाले पहल गरिहरेको छ । पालिकामा बाली संरक्षणको लागि बजेट न्यून भएकोले कृषि विकास कार्यालय, सल्यानमा आवश्यक विषादी माग गरिएको छ । कुनै पनि शत्रुजीवको आक्रमण व्यापक भएको अवस्थामा एउटै उपाय जैविक विषादीबाट मात्र रोकथाम गर्न नसिकने भएकोले एकिकृत शत्रुजीव व्यवस्थापन विधिको सिद्दान्त अनुरुप देहायअनुसार अभियानको रुपमा सञ्चालन गर्न प्रभावित क्षेत्रका कृषकहरुलाई अनुरोध छ ।
रोकथाम तथा व्यवस्थापनका उपायहरु
१. बारी झारपात रहित खेती गर्ने ।
२. माउपुतलीलाई बत्तिको पासो थापेर मार्ने ।
३. गहिरो र व्यापक रुपमा सिंचाईको व्यवस्था गर्ने ।
४. नीमजन्य विषादी एजाडिराक्टिन (१५०० पिपिएम) ५ एमएल प्रतिलटर पानीमा मिसाएर छर्ने वा
५. एमामेक्टिन बेनजोयट ५ प्रतिशत एसजी १ ग्राम प्रति ३ लिंटर पानीमा मिसाएर छर्ने वा
६. क्लोरान्ट्निलिप्रोल १८।५ प्रतिशत इसी १ एमएल/ २ लिटर पानीमा मिसाई छर्ने वा
७. इमिडाकलोप्रिड २०% ४ ml/लिटर पानीमा मिसाएर छर्ने वा
८. स्पाइन्यास्याड ४५ प्रतिशत १ एमएल प्रति ३ लिटर पानीमा मिसाई छर्ने वा
९. मालाथिन ५०% वा क्लोपाइरिफस १.५ एमएल प्रतिलिटर पानी मिसाएर छर्ने
पूनश्च:इविषादी छर्दा विहान वा बेलुकी पख हावा नचल्को समयमा सुरक्षित पहिरन लगाई पुरै बोट भिज्नेगरी छर्नुपर्दछ ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।