सल्यानको दार्मा गाउँपालिकाको अध्यक्षमा दोहोरीए निम बहादुर के :सी (अरुण )


सल्यान ११ बैशाख /सत्ता गठबन्धनको सिट बाँडफाँडको विषयमा छलफल जारी रहँदा सल्यानको दार्मा गाउँपालिकाले भने सबै पदमा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रले एकल रुपमा अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाकाका लागि मनोनयन दर्ता गराएको हो । 

माओवादीले अध्यक्षमा निम बहादुर केसी, उपाध्यक्षमा जुना मल्ललाई उम्मेदवार बनाएको छ । केसी यसअघि पनि गाउँपालिका अध्यक्ष रहेका थिए । वडा नं १ अध्यक्ष  टङ्क ओली , खुल्ला सदस्य रत्न बहादुर ओली,सङ्करे बुढा, महिला सदस्य पवित्रा केसी, दलित महिला सदस्य रमा सुनार , वडा नं २ अध्यक्ष सार्की खत्री, खुल्ला सदस्य  कलिभान ओली, भर्दे कामी, दलित महिला सदस्य तेजी कामी र  महिला सदस्य पष्पाञ्जलि मगर,  वडा नं ३ अध्यक्ष  पोखर बहादुर खत्री,  खुल्ला सदस्य  देव बहादुर रोका, नेत्र रोकाहा, दलित महिला सदस्य सुनिता कामी र महिला सदस्य  उषा  शर्मा केसीले उम्मेदवारी दिएका छन् । 

यस्तै वडा नं ४ अध्यक्ष चन्द्र बहादुर रावत , खुल्ला सदस्य  असबिर बुढाथोकी, लोक कामी, दलित महिला सदस्य रेवती कुमारी  कामी , महिला सदस्य कुस्मा चन्द,  वडा नं ५ अध्यक्ष  सुदिप केसी, खुल्ला सदस्य  निम बहादुर खड्का , जय बहादुर खड्का , महिला सदस्य    हिरा खड्का , दलित महिला सदस्य विमला कामी र  वडा नं ६ अध्यक्ष   देवी केसी खुल्ला सदस्य इन्द्र बहादुर  कामी थापा, तुल बहादुर बस्नेत , दलित महिला सदस्य सुशीला बि क र महिला सदस्यमा ले उम्मेदवारी दिएका छन् । 
 ६ वडा  रहेको दार्मामा २०७४ को निर्वाचनमा १ न वडा बाहेक सबैमा माओवादी निर्वाचित भएको थियो । एमाले र कांग्रेसले संयुक्त प्यानल बनाए पनि वडा न १ मा मात्र जित हात पार्न सफल भएको थियो । 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्