दार्मा गाउँपालिका सल्यानमा उपाध्यक्षमा उम्मेदवारी दिने को हुन जुना मल्ल के छ योगदान :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) दार्मा गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार जुना मल्ल चन्दको संक्षिप्त परिचय :-
नाम :-जुना मल्ल चन्द
जन्ममिति- २०४३ /९/२
जन्मस्थान :- सिस्ने गाउँपालिका वडा नं ५ रुमालबारा पूर्वि रुकुम
(साविक शोभा गाविस वडा नं ९ रुमालबारा ,रुकुम)
हालको ठेगाना :- दार्मा गाउँपालिका वडा नं ४ भल्चौर,सल्यान
बुवाको नाम:- जयबहादुर मल्ल
अामाको नाम:- राधाकुमारी मल्ल
पतिको नाम- लोकेन्द्र चन्द
शैक्षिक योग्यता:- + २ सेकेन्ड डिभिजन (प्रविणता प्रमाणपत्र तह)
श्री कोट निमावि रुमालबारा शोभा ९ बाट २०५७ सालमा ८ कक्षा उत्तीर्ण
श्री रुक्मेनी उच्च मावि रुकुमकोटबाट २०५८ सालमा ९ कक्षा उत्तीर्ण ।।
प्रहरी दमन,यातना,परिवार विस्थापित भएकोले ९ कक्षा पढ्दापढ्दै पुर्णकालिन ।।
जनजागृति उमावि महत रुकुमबाट २०६६ मा एसएलसी प्रथम डिभिजनमा उत्तीर्ण।(व्यारेकमा बसेको बेला )

श्री दुर्गा भवानी उमावि सैनामैना रुपन्देहीबाट २०६७-२०७० मा सेकेन्ड डिभिजनमा +२ उत्तीर्ण (ब्यारेकमा बसेको बेला )
बुवाबाट राजनीतिक प्रेरणा प्राप्त
बुवा/अामा लगायत सपरिवार प्रहरी दमन,चर्को यातना र झुठ्ठामुद्दाका कारण घरबाट विस्थापित र भुमिगतरुपमा पुर्णकालिन ।।
संक्षिप्त राजनीतिक पृष्ठभूमि :

२०५६ मा कोट निमावि रुमालबाराको अखिल क्रान्तिकारी को मुल इकाई समितिको सचिव ,२०५७ सालमा विद्यार्थी एरिया इञ्चार्ज,२०५८ मा कक्षा ९ मा पढ्दापढ्दै घरमा प्रहरी झुठ्ठामुद्दा ,प्रहरी दमन,चरम यातनाका कारण पढाइ छोडेर भूमिगत भई पार्टीको एरिया समिति सदस्य (ACM) ।।
जनमिलिशिया स्क्वायड सदस्य हुँदै २०५९ सालमा जनमुक्ति सेनाको सेक्सन सहायक कमान्डर ।।
२०६० सालमा सेक्सन कमाण्डर ।।
२०६१ सालमा प्लाटुन सहायक कमान्डर हुँदै प्लाटुन कमान्डर ।
२०६२ सालमा चौथो डिभिजन कृष्णसेन इच्छुक स्मृति ब्रिगेडको १ नम्बर बटालियन ए कम्पनी सहायक कमान्डर तथा पार्टीको साधारण शाखा सदस्य (जिल्ला पार्टी सरह)

फौजी कार्वाहीमा संलग्न :-स्याङ्जाको चित्रे भञ्ज्याङ भीडन्त,पाल्पाको गोठादी भिडन्त,पाल्पाको बहादुरपुर भिडन्त,लम्जुङको भिरपुस्तुङ रेड,पर्वतको भ्याप्लेखोला एम्बुस,पाल्पा तानसेन रेड,नवलपरासीको चोरमारा एम्बुस,रुकुमको खारा दोस्रो रेड,रोल्पाको गुरदासे भिडन्त,रोल्पाको पाछावाङ भिडन्त,तौलिहवा रेड लगायत दर्जनौं भीडन्त र फौजी कार्वाहीमा संलग्न ।।

रुकुम खारा मोर्चामा टु इञ्च मोर्टार धमाका र दाहिने खुट्टामा गोली लागि घाइते भएको।।

२०६२/०६३ को ऐतिहासिक जनअान्दोलनपछि २०६४ मंसिरदेखि २०७० साउनसम्म जनमुक्ति सेनाको चौथो डिभिजन हात्तिखोर नवलपरासी तथा रुपन्देही सैनामैना व्यारेक(क्यान्टुनमेट) मा बसेको ।।
२०७० मा जनमुक्ति सेनाबाट अवकाश प्राप्त र पार्टीको रुकुम जिल्ला कमिटीमा आबद्ध ।।
२०७१ बैशाख २७ गते दार्मा गापा ४ भल्चौरमा लोकेन्द्र चन्दसंग बिवाह ।।
२०७४ बैशाख ३१ गतेको स्थानीय निर्वाचनमा दार्मा गापा वडा नं ४ सल्यानबाट महिला सदस्यमा निर्वाचित भई गाउँ कार्यपालिका सदस्य निर्वाचित ।।
२०७८ मंसिरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट कर्णाली प्रदेश सदस्य निर्वाचित ।।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को तर्फबाट २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दार्मा गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार ।।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्