नबिन के : सी
मैले आमा बुबा प्रति जे जाने त्यही लेखे :
बास्तबमा भन्नुपर्दा आमा बुबा जिउदो भगवान् नै हुन । हामी सानो हुदा चपाएर खुवाएका खानेकुराहरु , कोहि नयाँ मान्छे आउदा बाबू नानी नमस्कार भनत भनेका ती बचनहरु , भर्खर हिड्न सुरु गर्दा हात समातेर हिड्न सिकाउने मेरो आमा र बुबा ,फलानोको छोराछोरी यस्ता छ्न उस्ता छन उनीहरु संग नखेल्नु भनेका ती सब्दहरु , घाँस दाउरा जादा डोको सङै बोकेर लिएका ती दिनहरू बेला बेला सम्झन्छु आसु झार्ने गर्छु । किन कि मैले सकिन तिर्न आमा बुबाको ऋण ।
आमाको अर्थ : आत्मा देखि माया गर्ने
बाबाको अर्थ : बाचुन्जेल बाटो देखाउने ।
यसरी लगाए आमा बाबाको अर्थ । मिठा मिठा खानेकुराहरु एक्लै खाएको देखिन बरु हप्तौं सम्म राखेर मलाइ नै दिनुभयो । कुनै चिज थोरै छ म खान्छु होइन तिमी खाउ मलाइ खाना मन छैन भनेको त्यो शब्द बिर्सन सकिन ।
एकजना साथिलाइ देखे भर्खर निकालेको नयाँ कार कुदाउदै आयो ।तर उस्को आमा बुबा बृद्धआश्रममा छन कारको पछाडी लेखेको थियो आमा बुबाको आशिर्वाद कठै बरा !
निस्कर्श : कुनै जागिर खाएर , सम्पत्ति जोडेर आमा बुबाको ऋण तिर्न सकिदैन । ऋण तिर्न हामी सानो हुदा आमा बुबाले के के गर्नुभयो त्यही काम गरौं अनि मात्र हाम्रा चौतर्फी बाट खुल्ला हुनेछ्न ।
आमा बुबा बुढेसकालमा हुनुहुन्छ : हात समातेर हिड्न सिकाउ , मिठा मिठा खानेकुरा दिउ , कोहि नयाँ मान्छे आएमा फलानो भनेर चिनाउ, केकस्ता कार्य गर्ने सिकाउ अनिमात्र आमा बुबाको ऋण तिरेको हुनेछौं |
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।