सल्यान,२१ बैसाख ।नेपाली काँग्रेसबाट शारदा नगरपालिकाको मेयर पदका उम्मेदवार प्रकाश भण्डारीले आफ्नो प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेका छन । मंगलबार बेलुका सल्यान श्रीनगरको होटल ग्रीन प्यालेसमा एक कार्यक्रमका विच घोषणा पत्र सार्वजनिक गरिएको हो ।
घोषणा पत्रमा शारदा नगरपालिकामा नगर बस संचालन गर्ने देखि सामाजिक सुरक्षा भत्ता घरघरमा वितरण गरिने,नगरको कर प्रणालीमा सुधार गरिने उल्लेख गरिएको छ, त्यस्तै सल्यान श्रीनगरमा अत्याधुनिक वषपार्क निर्माण, खैरावाङ मन्दिर जाने बाटोको स्तरोन्ती गरि पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने । कृषकहरुलाई विद्युत्त महसुलमा ५० प्रतिशत छुट दिइने, नगरलाई डिजिटल नगरपालिका बनाउने, नगर प्रहरी स्थापना गर्ने, नगरप्रमुख स्वरोजगार कार्यक्रम संचालन गर्ने, खुल्ला फिटनेस पार्क, मालनेटामा कोल्ड स्टोर निर्माण, वडा वडामा एम्बुलेन्स सेवा, निशुल्क स्वास्थय विमा, महिलाहरुका लागि आयआर्जनका तालिम, लगायत उत्कृष्ठ शिक्षक, विद्यार्थी,कर्मचारी, निर्माण व्यवसायि , उपभोक्ताम समितिलाई पुरस्कृत तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान लगायतका प्रतिबद्धता सार्वजनिक भएका छन ।
प्रतिबद्धताहरु यस प्रकार छन
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।