सल्यान,२५ बैसाख ।सल्यानमा शनिबार सम्पन्न भएको सल्यान स्टार सिजन २ को उपाधि छत्रेश्वरी गाउँपालिका ६ जिताठानका दिपेश जङ्ग शाहले हात पारेका छन् । नृत्य बिद्या अन्तर्गत सल्यान स्टारको सिजन २ को फस्ट रनर अफ शारदा नगरपालिका वडा न २ की प्रोशिका खड्का भएकी हुन। त्यस्तै सेकेन्ड रनर अफ शारदा न.पा.२ कै बिमला बस्नेत भएकी छन् । बिजेता,फस्ट रनर अफ र सेकेन्ड रनर अफले क्रमस ५० हजार,२५ हजार, १५ हजार नगद टप्रिी तथा प्रमाणपत्र हात पारेका हुन। डि।टु कला केन्द्र दाङ्गले आयोजना गरेको सल्यान स्टार सिजन २ को ग्रेन्ड फिनाली श्रीनगर स्थीत होटल युनाईटेडमा सम्पन्न भएको हो । ५ चरणमा श्रीनगर, लुहाम र थारमारेमा अडिसन सम्पन्न भएको थियो । अडिसनको सुरुमा ११६ जनाले सहभागिता जनाएको भएतापनि फिनाली सम्म भने १७ जना मात्र प्रवेश गरेका थिए । ग्रेन्ड फिनालीको निर्णायकमा कलाकार राज थापा, मधुबाबु बुढाथोकि र दिपेश चौधरी रहेका थिए । कार्यक्रमको उद्घाटन भने प्रमुख अथिति समाजसेवी लक्षमण हमालले गरेका थिए ।
गत बर्ष डि।टु कला केन्द्र दाङ्गले सल्यान स्टार सिजन १ सम्पन्न गरीसकेको डाईरेक्टर दिपक वर्माले जानकारी दिए । सृष्टी परियार र गायन बिधामा प्रदिप रसाईली सिजन १ मा बिजेता बनेका हुन । कला केन्द्र दाङ्गले नव प्रतिभाको उत्थानको लागि यस्ता कार्यक्रमहरु बिगत देखि गरिरहेको र गर्दै जाने कला केन्द्रका व्यवस्थापक रोषण घर्तिले जानकारी दिएका छन् ।