सल्यान,३१ बैसाख ।शारदा नगरपालिका लगायत १० स्थानिय तहका मत पेटिका सम्बन्धित क्षेत्रसम्म पुर्याई सकिएको छ ।जिल्लामा जम्मा १ लाख ५७ हजार ७ सय १५ मतदाता रहेकोमा ,५९ हजार तीन सय महिला र ४९ हजार ६ सय ३ पुरुष गरी जम्मा १ लाख ८ हजार ९ सय ३ मत खसेको थियो ।जस्मा कपुरकोट गउँपालिका ६९.७० प्रतिशत,कालिमाटी गउँपालिका ६७.३७ प्रतिशत,कुमाख गउँपालिका ६६.८९ प्रतिशत,छत्रेश्वरी गउँपालिका ६६.६५ प्रतिशत,त्रिवेणी गउँपालिका ६८.३३ प्रतिशत,दर्मा गउँपालिका ७३.५३ प्रतिशत,शिद्धकुमाख गउँपालिका ६९.७५ प्रतिशत,बनगाढ कुपिण्डे नगरपालिका ६७.६७ प्रतिशत, बागचौर नगरपालिका ७२.२३ प्रतिशत र शारदा नगरपालिका ६८.७३ प्रतिशत मत खसेको हो ।सबै पालिकामा अहिले मत गणना सुरु भईरहेको छ । बिहान ७ बजे बाट मतदान सुरु भएको भए थियो । दिउँसो हल्का हावा हुरिले तथा पानीले प्रभाव पारे पनि समग्रमा सल्यान जिल्लाको मतदान उत्साह जनक रुपले सम्पन्न भएको थियो ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।