सल्यान,१ जेठ ।सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएका छन।
४६ मतान्तरले गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मान बहादुर बुढाथोकी बिजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डिल्लीराज जैशीले ४ हजार १२ मत प्राप्त गरेका थिए
बुढाथोकीले ४ हजार ५८ मत ल्याएका हुन ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट एमालेका लाल बहादुर रावत बिजयी बनेका छन् । रावतले ४ हजार १ सय ४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याइन् ।यो संगै जिल्लामा गाउँपालिकामा बिजयको खाता खोल्ने पहिलो पार्टि नेपाली काँग्रेस भएको छ ।