सल्यान,९ जेठ ।नेपाली सुगम सङ्गीतको क्षेत्रमा सल्यान जिल्लाले फेरि अर्को फड्को मार्न सफल भएको छ।यसै क्रममा नेपाली सुगम तथा आधुनिक सङ्गीतको धारलाई पछ्याउदै सल्यानी युवा गायक रमेश के सिङ्हले आफ्नै शब्द तथा स्वरमा छाडी जाने मायालु….´´बोलको गीत OSR DIGITAL मार्फत बजारमा ल्याएका छ्न।लोक दोहरिको व्यापक बाहुल्यता रहेको पश्चिम नेपाली साङ्गीतिक बजारमा गायक रमेशको अनुसार आधुनिक र स्लो रकको फ्युजनमा तयार परिएको यो गीतलाई चुनौतिको रुम हेरिएको छ।युवा पिडिमा देखिने मानविय सम्बेदना प्रेम,रोमान्स,आसङ्का अनि बिछोड यो गीतको मुख्य भाव रहेको छ।जे जति बिघ्न बाधा आईपरे पनि जिवनलाई सहज रुपमा जिउनु पर्छ भन्ने आसय गीतले ब्यक्त गरेको छ।बरिष्ठ सङ्गीतकार तथा गायक चेतन राईले निर्देशन गरेको गीतको संयोजन बरिष्ठ सङ्गीत संयोजक बिजेश्वर तान्डुकारले गरेका छन। गीतमा सल्यानका सम्यम सिङ्ह र मोडेल रक्षा साप्कोटाको अभिनय रहेको छ।त्यस्तै सहायक भुमिकामा प्रेमिका शर्मा र प्रोजेक्ट म्यानेजर बिक्रम रहेका छन ।गीतमा दिया मिस्रको उत्कृष्ट श्रृंगार रहेको छ भने छयाङ्कन र सम्पादनमा प्रमुख भुमिका फराज अर्पनको रहेको छ।गीतको भिडियो छायांकन कार्य काठमाण्डौका बिभिन्न स्थानमा गरिएको गायक रमेश के सिंहले खबर आजको डट कमलाई जानकारी दिए ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।