विश्वभर फैलिदै मंकीपक्सका संक्रमित

एजेन्सीःविश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन् ।
फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो । उनी संक्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन् ।
हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन् । मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रुप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्