माओवादीलाई  सहयोग गरेको भन्दै दार्मामा एमालेका कार्यकर्ता द्वारा कुटपिट :

  
नबिन के :सी / सल्यान  ३ असार   सल्यानको दार्मा गाउँपालिका  वडा नम्बर ४   रातामाटामा खानेपानीको काममा अनुगमन गराउन खापासटे गोपाल खड्कालाई लिएर जाँदै गरेको अबस्थामा दार्मा ४ निवासी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रुपलाल विक र उनका सहयोगी सुन्दर चन्दलाई  दार्मा ४ का बिक्रम थापा र कुबेर मल्लले मरणासन्न हुने गरेर कुटपिट गरेका छन।उनीहरूले निर्वाचनमा माओवादीलाई किन सहयोग गरेको भनेर कुटपिट गरेका हुन। अश्लील शव्द र दलितलाई अपहेलित गर्दै कुटिएको पिडित रुपलालले बताएका छन।घाइतेहरुको दोभान पोलिक्लिनिक दार्मा ३ फारुलाचौरमा प्रारम्भिक उपचार भइरहेको छ।
बिक्रम थापा र कुबेर मल्ल नेकपा एमालेका कार्यकर्ता हुन्।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्