सहकारीका प्रबन्धक माथी ३५ लाख हिनामिनाको आरोप आरोपित ब्यक्ति फरार :

असार १४, सल्यान / जिल्लाको दार्मा गाउँपालिका वडा न ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त वली २०७९ जेठ २७ गतेदेखि सम्पर्क बिहिन भएको उक्त सहकारी संस्थाले जनाएको छ।
निज हेमन्त वलीले सहकारीको ३५ लाख रुपियाँ हिनामिना गरेको कुरा २०७९ जेठ २६ गते बसेको सञ्चालक समितिको  बैठकमा स्विकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेको भोलिपल्टदेखि सम्पर्क बिहिन भएको भनिएको छ।
जेठ ३० गतेका दिन फोन सम्पर्क गर्दा बैठक बसाउँदै गर्नु म पैसा लिएर अाउँदैछु भनेका उनी फोन स्विच अफ गरेर बेपत्ता भएको समितिले बताएको छ।
१ हप्तासम्म सहकारी र परिवारले खोजी गर्दा पनि कुनै सम्पर्क नभएपछि सहकारीले इलाका प्रहरी कार्यालय दार्मा ३ फारुलामा निजलाई खोजी गरिदिन निवेदन दिएको र अहिलेसम्म सहकारी र परिवारको सम्पर्कमा नअाएकोले २०७९ असार १४ गते बसेको सञ्चालक समितिको पूर्ण बैठकले गाउँपालिका,वडा कार्यालय ,साना किसान बैंक र निजको परिवारको समेत उपस्थितिमा तपसिल बमोजिम कार्वाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
तपसिल
१) निजलाई १ हप्ताभित्र सहकारीको सम्पर्कमा अाएर हरहिसाब बरबुझारथ गर्न अन्तिम म्याद दिने।
२) निजले गरेको अार्थिक लगायतको अनियमितताको वास्तविक छानबिन गर्न दार्मा गाउँपालिका र साना किसान बैकलाई पत्राचार गर्ने
३) ७ दिनभित्र सम्पर्कमा नअाएमा निजको चल अचल सम्पत्ति सहकारीको नाममा रोक्का गर्ने
४) ७ दिनभित्र सम्पर्कमा नअाएमा राष्ट्रिय स्तरको पत्रिकामा फोटोसहितको सुचना जारी गर्ने

५) निजलाई हदैसम्मको कार्वाही माग गर्दै मुद्दा प्रक्रिया अघि बढाउने ।।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्