कृषि विकासमन्त्रीले गरे मेसिनबाट रोपाई



काठमाडौं,१५ असार । देशभर आज धान दिवस मनाइएको छ । हरेक वर्ष असार १५ गते विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

असार १५ मा खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन रहेको छ । ०६२ साल असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यो वर्ष धान दिवस दिवस मनाइदै छ ।

तस्बिर : प्रदीपराज वन्त/रासस ।

यसै अवसरमा सरकारका तर्फबाट ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र फार्म परिसरमा १९ औँ धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरियो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मेसिनबाट रोपाइँ गरेका थिए ।

मन्त्री यादवले नेपालमा धान उत्पादनका लागि सधैँ युरिया मल अभाव देखिएको बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा मल आपूर्तिको समस्या देखिएको उनले उल्लेख गरे । कृषि कारखाना स्थापना, मलको स्वचालित मूल्य वा जीटुजी नै सहज मल आपूर्तिको माध्यम भएको उनको भनाइ छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्