पेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा,ड्रिल गर्न दैलेखमा तीन स्थान छनोट

कोरोनाभाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः सुरु भएको बताइएको छ।

दैलेख जिल्लामा भइरहेको त्यस्तो अध्ययनका लागि झन्डै साढे दुई वर्ष पछि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन्।

सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको हो।

चीन सरकारको सहयोगमा भइरहेको अन्वेषण अन्तर्गत त्यहाँ साईज्मिक (भूकम्पीय) सर्वेक्षण सम्पन्न भइसकेको छ।

चिनियाँ सहयोगमा यसरी हुँदैछ दैलेखमा पेट्रोलियम पदार्थको खोजी

स्रोतःबिबिसी

अन्वेषण सहज पार्न नियम परिवर्तन गरिने

त्यो सर्वेक्षण गर्दा जमिनको सतहबाट विशेष किसिमको तरङ्ग उत्पन्न गरी जमिनमुनिको तस्बिर लिइन्छ र त्यसकै आधारमा सम्भावित खानी भएको ठाउँ पहिचान गरिन्छ।

चिनियाँ टोलीले यो पालि के गर्छ?
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा। सुधीर रजौरेका अनुसार चिनियाँ टोली हाल नेपालमा आइपुगेको भए पनि वर्षाका कारण यो बेला ठोस काम भने अगाडि बढाउन मिल्ने अवस्था छैन।

हाल उक्त टोलीले ड्रिलिङ (जमिन मुनिसम्म खन्ने) उपकरण कसरी दैलेखस्थित अन्वेषण भइरहेको स्थलसम्म पुर्‍याउने भन्ने विषयको निर्क्योल गर्नेछ।

अध्ययनका लागि दुई वटा ड्रिलिङ उपकरण नेपाल ल्याउनुपर्ने अवस्था छ।

उपकरणको तौल र आकार ठूलो हुने हुँदा त्यसलाई चीनसँगको सीमा वा समुद्री मार्ग कताबाट ल्याउन उपयुक्त हुन्छ र नेपाल ल्याइसकेपछि दैलेखसम्म कसरी पुर्‍याउने भन्ने कुराको यकिन यो टोलीले गर्ने छ।

तीन स्थान छनोटु
अधिकारीहरूका अनुसार दैलेखमा इन्धन अन्वेषणका लागि तीन वटा सम्भावित ठाउँ यकिन भइसकेको छ।

नेपाल आइपुगेको चिनियाँ टोलीले ती तीनमध्ये ड्रिलिङ सुरु गर्नका लागि सबैभन्दा उपयुक्त स्थान पनि छनोट गर्ने बताइएको छ।

जहाँ अहिले ज्वाला बलिरहेको छ त्यसको आसपासमा छन् ती तीनै ठाउँहरूरजौरेले भने।

वर्षौँ देखि ग्यास बलिरहेको र पादुकास्थानमा रहेको खोलामा तेल तैरिएको देखिनुले उक्त स्थानमा तेल रहेको प्रमाणित भएको सरकारी भनाइ छ।

तर कति परिणाममा छ भन्ने कुरा भने अनुमान गर्न धेरै गाह्रो छ उनले भने।

चीनले अघि बढाएको अध्ययनमा प्रगति देखिए नेपालमा पेट्रोलियम अन्वेषण गर्ने कार्यमा धेरै आकर्षण बढ्ने अपेक्षा सरकारको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्