नबिन के: सी /रोल्पा, २४ असार । US aid को आर्थिक सहयोग , practical action र डिकोस नेपालको साझेदारीमा संचालित समुन्नति परियोजना द्वारा परिवर्तन र थबाङ गाउँपालिका गरि दुई स्थानिय तहका जनप्रतिनिधि , कृषि ,पशु शाखा प्रमुख, सहकारी , महिला उद्धम बिकाश , पत्रकार , ब्यापारी , कृषक समुह अध्यक्ष लगाएतलाइ एउटै ठाउमा भेला गराइ समुन्नति परियोजना द्वारा समावेशी बजार प्रणाली बिकास कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता थबाङ गाउँपालिका २ का वडा अध्यक्ष श्री अभिलाषा रोका मगरले गर्नुभएको थियो – भने प्रमुख अतिथि थबाङ गाउँपालिकाका अध्यक्ष श्री ऋषिकेशब बुढा मगरले गर्नुभएको थियो । त्यस्तै बिशिस्ट अतिथि practical action का परियोजना अधिकृत दीपेन्द्र भुजेल र अतिथिहरुमा सहजकर्ता सरद अधिकारी , परियोजना अधिकृत लक्ष्मण गुप्ता , जे. सी अधिकृत सुनिता घर्ती मगर रहनु भएको थियो । कार्यक्रममा बजार प्रणाली भनेको के हो र यस्का अङ्गहरु के के हुन? उत्पादित कृषि उपजलाइ कसरी बजारसम्म लिने र आयआर्जन वृद्धि गर्ने तथा बजार ब्यबस्थापन कसरी गर्ने भन्ने जस्ता शिर्षकहरुमा छलफल भएको परियोजना अधिकृत लक्ष्मण गुप्ताले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष श्री ऋषिकेशब बुढा मगरको संयोजक्त्वमा ८ सदस्यीय कृषी तथा पशु बजार ब्यबस्थापन समुन्वय समिती गठन गरिएको जसअन्तर्गत कृषी शाखा प्रमुख, पशु शाखा प्रमुख , सहकारी प्रतिनिधि,उध्योग बाणिज्य संघ , महिला व्यावसायिक कृशक , पुरुष व्यावसायिक कृषक रहेको र आगामी दिनमा बजार ब्यबस्थापन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने योजना बनाएको गुप्ताले बताउनु भएको छ ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।