विद्यालयको करिब १५ रोपनि जमिनमा वृक्षारोपन कार्याक्रम सम्मपन्न


सल्यान,२५ असार ।सल्यानको एक विद्यालयले बाँझो रहेको करिब १५ रोपनि जमिनमा वृक्षारोपन गरेको छ । फलफूल खेति क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ मूल्डाँडामा रहेको श्री शिव माध्यमिक विद्यालयले आज वृक्षारोपन गरेको हो ।कृषि विकास कार्यालय सल्यानको ६० हजार अनुदान र विद्यालयको ६० हजारमा विद्यालयले २ सय आँप,५० लिच्ची र ५० ओटा कागतिका विरुवा रोपेको हो ।जिल्ला कृषि विकास कार्यालय सल्यानका बालिविज्ञान अधिकृत मुकुन्द शर्मा र शारदा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्र वुढामगरले सयुक्त रुपमा बिरुवा रोपेर उद्घाटन गरेका हुन ।


विरुवा रोप्दा बाँझो रहेको जग्गाको सदुपयोग हुने र आम्दानिको स्रोत समेत बढ्ने भएकोले विद्यालय परीशरमा वृक्षारोपन कार्य गरेको विद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर हमालले खबर आजकोलाई बताए वृक्षारोपन कार्याक्रम्मा शिक्षक,विद्यार्थी र स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।त्यस्तै विद्यालयले वार्षिक १३ हजार ५ सय ५१ रुपयाँ दिने गरि बिद्यालय क्षेत्र भित्र क्यान्टिन खोल्नको लागी टेन्डर मार्फत स्थानिय टोपबहादर कुमाईलाई जिम्मा दिएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्