गुर्भाकोटमामा निशुल्क कान स्क्रिनिङ्ग शिविर शुरु

सुर्खेत, २५ असार।सुर्खेतको गुर्भाकोट नगरपालिकामा निशुल्क कान स्क्रिनिङ्ग शिविर सुरु भएको छ ।
वडा ९ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र बोटेचौरमा कान सम्बन्धी समस्या भएका व्यक्तिहरुको सुनाई जाँच भएको छ।
उक्त शिविरबाट आज शनिबार १ सय ४ जना व्यक्तिले सेवा लिएको शोभा रेग्मीले जानकारी दिएकी छिन।

नेपाल नेत्र ज्योति संघ एकृकीत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक सहयोग, प्रदेश अस्पतालको प्राविधिक सहयोग र गुर्भाकोट नगरपालिकाको आयोजनामा कार्यक्रम सुरु भएको हो।
शिविरको उद्घाटन गुर्भाकोट नगरपालिका वडा न ९ का वडा अध्यक्ष ज्ञान बहादुर खत्रीले गरेका हुन। अध्यक्ष खत्रीले कान मानव शरिरको एक अभिन्न अंग भएको समेत बताएका थिए ।

उनले भने मानिसहरुमा विभिन्न कारणले कानमा समस्या हुने भएकोले सधै सुरक्षित राख्नु पर्ने बताएका हुन। समाजमा अहिले पनि कान नसुन्ने मानिसहरुलाई अर्कै नजरले हेर्ने गरिएको भन्दै उनीहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त शिविरमा नाक, कान घाँटी बिषेशज्ञ डा.पारस पौडेल, डा.धिरज विसुन्के, बरिष्ठ नर्सिङ अधिकृत अनिल कार्की लगायतले चेक जाँच गरेका हुन ।
सो शिविर भोली असार २६ गते सामुदायिक आँखा उपचार केन्द्र मेहलकुनामा हुने बताइएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्