सल्यान,२९ असार। सल्यानको शारदा नगरपालिकाले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको छ।
बुधबार बसेको कार्यपालिका बैठकले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको हो ।२०७९ साउन १ गते देखि लागुहुने गरि ११४ जना करार कर्मचारीको सम्झौता थप नगर्ने निर्णय कार्यपालिकाले गरेको हो।म्याद थप नगरिएका कर्मचारीहरुमा १०४ जना सडक मर्मत सम्भार कार्यकर्ता र १० जना सामाजिक परिचालक रहेका छन।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।