नेपालमा कोरोना भाइरसको संक्रमण पुन: बढ्दै;४ सय ५७ जनामा संक्रमण पुष्टि

काठमाडौं,२ साउन। नेपालमा कोरोना भाइरसको संक्रमण पुन: बढ्दै गएको छ। २ साउन(सोमबार)मा ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ, जुन पछिल्ला चार महीनायताकै उच्च हो।

निरन्तर घट्दै गई कोरोनाको संक्रमण दर १ असारमा ०.६४ प्रतिशतमा झरेको थियो, २ साउनसम्म आइपुग्दा उक्त दर १० प्रतिशतमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टू’ र ‘बीए फाइफ’ बढी सक्रिय छन्।

‘बीए फाइफ’ भेरियन्ट अन्य भेरियन्टभन्दा निकै संक्रामक मानिएको छ।

फाईल तस्बिर

अहिले विश्वभर फैलिरहेको ओमिक्रोनका भेरियन्टबाट बच्नका लागि बुस्टर डोज बढी प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओले) बताएको छ।

कोरोनाको जोखिम बढ्दै गएपछि सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। पछिल्लो समय ओमिक्रोनको भेरियन्टको संक्रमण बढ्दै जादा खोप नलगाएका र खोप लगाएको तीन महीना पुगिसकेका सबैले बुस्टर डोज अनिवार्य लगाउनुपर्ने सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए।

“ओमिक्रोन आफैमा निकै संक्रामक मानिएको छ,” उनले भने “त्यसमाथि मानिसहरुले स्वास्थ्यका मापदण्डहरु पनि पालना गर्न छोडिसकेका छन्। त्यसैले पनि यो वेबमा धेरै मानिस संक्रमति हुन सक्छन्। तर धेरैले खोप लगाइसकेकाले पहिलेको जस्तै अस्पताल नै भरिभराउ नहोला।”

पहिले जस्तो ठूलो लहर नदेखिए पनि संक्रमण दर बढिरहेकाले सावधानी अपनाउनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले बताए। समुदायमा धेरै जनामा संक्रमण देखिएको बताउँदै उनले पहिले जस्तो दैनिक हजारौंको परीक्षण नभएका कारण कम जस्तो देखिएको बताए।

“केही दिन पहिला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरिएका ३२ नुमनामध्ये दुईओटामा ‘बी फाइभ’ पुष्टि भएको थियो। अहिले नेपालमा देखिएको यही भेरियन्ट हो,” उनले भने “ओमिक्रोन भनेको डेल्टाहरू जस्तो जटिल होइन, त्यसैले धेरैले जाँच गरेका छैनन्।”

अहिले ओमिक्रोनको जोखिम पहिलो खोप मात्र लगाएकालाई नलगाएकालाई भन्दा बढी र दोस्रो खोप लगाएकालाई अझ कम देखिएकाले दुवै लगाइसकेकाले अनिवार्य बुस्टर डोज लगाउनुपर्ने उनले बताए।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार अहिले ७७ ओटै जिल्लामा बुस्टर डोज लगाइँदैछ। बुस्टर डोजका लागि पर्याप्त मात्रामा खोप उपलब्ध रहेको महाशाखा प्रमुख डा. विवेककुमाल लालले बताए।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्