बर्षाको कारण दाङ – सल्यान सडक खण्ड अवरुद्ध पहिरो हटाउन ८ घण्टा लाग्ने

सल्यान,३ साउन ।निरन्तरको अविरल बर्षाको कारण राप्ती राजमार्ग अन्तर्गत दाङ – सल्यान सडक खण्ड अवरुद्ध भएको छ।

सोमबार करिब ३:३० बजे तिर सडक खण्डको कपुरकोट गाउँपालिका ३ चोरखोलामा माटो र ढुङ्गा सहितको पहिरो आएका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

अवरोध हटाउन प्रहरी नायब निरीक्षक नन्दलाल भारतीको कमान्डमा ४ जनाको प्रहरी टोलि खटाइ आवश्यक पहल गरिएको भएपनि अत्यधिक वर्षाका कारण सडक अवरुद्ध हुने कार्य निरन्तर रहेको हुदा दुबै तर्फ आवतजावत गर्ने करिब २० देखि २५ ओटा सम्म सवारी साधन पुर्ण रुपमा बन्द रहेको बताईएको छ ।कपुरकोटका प्रहरी निरीक्षक डिल्लीप्रसाद आचार्यले खबर आजको लाई दिएको जानकारी अनुसार अहिले पनि उक्त स्थानमा पानी परिरहेको र ठाउँठाउमा पहिरो गईरहेको खबर प्राप्त छ ।सडक सफाई गर्न सडक बिभागको एउटा मात्र लोडरले काम गरिरहेकोले पहिरो हटाउन झन्डै २ देखि ३ बज्ने अनुमान गरिएको निरक्षक आचार्यले बताए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्