२४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठ्मान्डौं,४ साउन। पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५६२ पीसीआर परीक्षणमा ३४० जना र एक हजार ४१९ एन्टिजेन परीक्षणमा ५१ जना गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या दुई हजार २७६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मानवीय क्षति भएको छैन ।

सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २१ जना आईसीयूमा छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ११ हजार ९५४ जनाको मृत्यु भएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्