कोरोना भाइरस संक्रमण दैनिक बढेपछि स्वस्थ्ग्य मन्त्रालयले गर्यो;१० बुँदे सूचना जारी

काठ्मान्डौ,६ साउन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण दैनिक बढिरहेकोले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बिहीबार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना जारी गरेका हुन् ।

बिज्ञापन गर्नु पनि लगाली हो त्यसैले आजै सोचौं…

अनुरोधपत्रअनुसार सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउनेलगायत छन् ।

मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन निर्देशन दिएको छ । यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्