SEE मा नन ग्रेडेड प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने

सल्यान,९ साउन ।माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अन्तिम परीक्षामा नन ग्रेडेड प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना हुन ननग्रेडेड उल्लेख नभएको हुनुपर्छ ।

लेटर ग्रेडिङ पद्धति कार्यविधि २०७८ मा सो व्यवस्था गरेको छ । यो कार्यविधि यो साता प्रकाशित हुने तयारीमा रहेको एसईई परीक्षामा लागु हुनेछ । कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

अर्थात् सैद्धान्तिक परीक्षामा डी र प्रयोगात्मकमा सी ग्रेड ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ । अघिल्लो वर्ष सैद्धान्तिकमा कम अंक ल्याएर प्रयोगात्मकमा बढी अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्