मंसिर ४ मा हुने निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौं,२० साउन । निर्वाचन आयोगले ४ मंसीरमा हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना निकालेर ३१ साउनभित्र दर्ता हुन आह्वान गरेको हो ।

राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता हुने भएपनि निर्वाचन प्रयोजनका लागि हरेक पटकको निर्वाचनमा दर्ता हुनुपर्छ । आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ ।

आयोगले केन्द्रीय र प्रदेश स्तरको समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख हुनुपर्ने भनेको छ । यस्तै दल दर्ताका लागि प्रतिनिधिसभाको छुट्टै अनि प्रदेशसभाका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ ।

आयोगले दल दर्ताका लागि सार्वजनिक विदाको दिन समेत गर्न सकिने जानकारी दिएको छ ।

विज्ञप्ति

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्