सल्यानमा बिसालु च्याउ खाएर बिरामी परेका मध्ये एकको मृ त्यु

सल्यान,२१ साउन।सल्यानमा जंगली च्याउ खाएर बिरामी भएका मध्ये एकजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको शारदा नगरपालिका ४ साईलाकम्द बस्ने केशर बस्नेतको छोरी वर्ष अन्दाजी ४ की जोशना बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार जंगलबाट ल्याएको च्याउ खाएर राती बिरामी भएपछि शनिबार बिहान उनी सहित उनका दाईलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याईएको थियो ।

जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएकोमा जोशनाको मृ त्यु भएको हो । जोशना सँगै च्याउ खाएर बिरामी भएका उनका दाई जोन बस्नेतको भने स्वास्थ्य स्वास्थ्य अवस्था सुधार हुँदै गएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर बिरामी भएका साईलाकम्दका ४० वर्षीया मिना बस्नेत र उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेतलाई भने नेपालगंज रिफर गरिएको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका पनि एकैघरका ४ जना जंगली च्याउ खाँदा बिरामी परेका छन् । ४८ वर्षीय भुपबहादुर वली, उनकी श्रीमती ४५ वर्षीया मनकली वली, छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वलीले बिरामी परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हाल उनहिरुलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरीएको र स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको खबर प्राप्त छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्