२४ घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु;५७७ जना निको भए

काठमाडौं,४ भदौ ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ। सो अवधिमा ५७७ जना निको भएका छन्।
थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट ४३३७ नमूना परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६७० र एन्टिजेनबाट २६६७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १८० र एन्टिजेनबाट ११९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४६२५ पुगेको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्