काठ्मान्डौँ,७ भदौ ।देशभर पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा चार हजार ९४९ को नमूना परीक्षण गरिएको थियो। २ हजार ७५७ ले पीसीआर र २ हजार १९२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १६ हजार ६५३ ले कोभिडविरुद्धको खोप लगाएका छन्। यही अवधिमा ४१७ कोरोना सङ्क्रमणमुक्त भएका छन्।
यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ७९ हजार ७७४ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८।४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हाल सक्रिय संक्रमितको संख्या ४ हजार २२१ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ। होम आइसोलेसनमा ४ हजार ४४, संस्थागत आइसोलेसन १७७, आईसीयूमा ५२ र भेन्टिलेटरमा ३ जना सङ्क्रमित रहेका छन्।
हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठ्मान्डौँ र ललितपुर रहेको छ भने २ सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लमा काभ्रेपलाञ्चोक रहेको छ।
शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला, डोल्पा र मुग रहेका छन्।