अनियन्त्रीत हुदा सल्यानमा अटो दुर्घटना २ को मृ’त्यु ५ जना घाइते

सल्यान,१४ भदौ। सल्यानमा अटो दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरबाट टोटाबास जादै गरेको रा ।१ ह। २२१९ नं। को अटो अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामापरी मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका १ काफ्लेकि ७० बर्षिय कमला पुन र सोही ठाउँकि ३० बर्षिय धनी पुन रहेका छन ।
दुर्घटनापछि घाईते भएका उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार बेलुकी ६:३० बजेको समयमा अटो अनियंत्रित भइ सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

अन्य घाईते हुनेहरुमा सोही ठाँउकि ३० बर्षिय अमृता बपाल उनको छोरा २ बर्षिय अबिषेक बपाल ,२० बर्षिय अस्मिता पुन उनका छोरा ३ बर्षिय शुसान्त पुन र चालक शारदा नगरपालिका १० नयाँगाउ घर भएका १८ बर्षिय धनिराम बुढाथोकीले रहेका छन ।

घाइतेहरुको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सल्यानमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्