नागरिकता विधेयकमा राष्ट्रपतिको राष्ट्रिय सहमति बन्नुपर्ने धारणा

काठमाडौं,१५ भदौ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा राष्ट्रिय सहमति बन्नुपर्ने धारणा राखेकी छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसहित शीर्ष नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो। विधेयक सर्वसम्मत होस् भन्ने उहाँको भनाइ छ,ु राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै भेटमा सहभागी माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ।’

जवाफमा प्रचण्डले नागरिकता विधेयकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदादेखि सहमति भएको विधेयक ल्याएको प्रष्ट पारेका थिए। ओली सरकारले अध्यादेशमा ल्याएका व्यवस्थालाई नै विधेयकमा समावेश गरिएको विषय प्रचण्डले बताएका थिए।

भेटमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए। नागरिकता विधेयकमाथि छलफल गर्ने राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्