तिमी धून बन, म गीत गाउँछु’ सार्वजनिक

सल्यान,२८ भदौ ।गायक चेतन राईको नयाँ गीत ‘तिमी धून बन, म गीत गाउँछु’ सार्वजनिक भएको छ ।
गायक राईको शब्द रचना तथा संगीत रहेको गीतलाई राईसँगै अस्मिता अधिकारीले स्वरबद्ध गरेका हुन । मनोज थापा मगरको एरेन्ज ,किशोर थापाको मिक्सिङ र मास्र्टरिङ रहेको गीतको रेकर्डिष्ट राजेश श्रेष्ठ रहेका छन ।गीतलाई ए-वान म्युजिसियन स्टुडियोले रेकर्ड गरेको थियो।
यो गीतको भिडियो समेत आर्कषक बनेको छ । भिडियोमा सागर खनाल र प्रियकां चौधरीको जोडीलाई हेर्न पाइन्छ । सेकाई इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको भिडियोको छायाकंन सम्पादन र निर्देशन फराज अर्पनले गरेका छन ।सेकाई इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक  गरिएको उक्त गीत माया प्रेमसँग सम्बन्धित छ ।
भर्खरै रिलिज भएको यो गीतलाई चौथो एलबम ‘स्टेज’मा समावेश गरीने गायक राईले खबर आजको लाई जानकारी दिएका छन  ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्