शुक्रवार रातिदेखिको नारायणगढ–मुग्लिन सडक खण्डकोे पहिरो हट्यो

चितवन,८ असोज ।पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ ।शुक्रवार राति भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदो सहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहानबाट सञ्चालनमा आएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारीसाधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्