सल्यान,८ असोज । लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोग नियन्त्रणकालागि मुलुकका १३९ पालिका र ६० वटा जिल्लामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०६१ सालमा पहिलो पटक देखिएको डेंगु रोग हालसम्म ७६ वटा जिल्लामा देखिएको छ । डेंगुका कारण साउन महिना यता मात्र २१ हजार ३ सय ५२ जना बिरामी भएको र २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
डेंगु रोगका कारण सबैभन्दा बढी बागमती प्रदेशमा १६ हजार २ सय भन्दा बढी र सबैभन्दा कम कर्णाली प्रदेशमा २२९ जना बिरामी भएको मन्त्रालयले जनाएको छ ।