दसैं–तिहारलाई मध्यनजर गर्दै जिल्लाका सात स्थानमा नागरिक सहायता कक्ष स्थापना


सल्यान,९ असोज ।सल्यानमा दसैं–तिहारलाई लक्षित गरेर नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुलाई आउजाउमा सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय सल्यानले आइतबारदेखि नागरिक सहायता कक्ष स्थापना गरेका हो ।

जिल्लाका शारदा नगरपालिका अन्तर्गत श्रीनगर, खलंगा, बन्गाड कुपिन्डे नगरपालिकाको सल्लीबजार, बागचौर नगरपालिकाको थारमारे, सिमखोली, कपुरकोट गाउँपालिकाको कपुरकोट, त्रिवेणी गाउँपालिकाको लुहाममा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दीपेन्द्र केसीले बताए । नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक मिलेर बसी बाहिरबाट आउजाउ गर्ने र घर फर्कने यात्रु तथा बटुवालाई सहयोग गर्ने उनले जानकारी गराए ।

उनका अनुसार दसैं–तिहारको समयमा विशेष यात्रुको चाप बढी हुने भएकाले सवारी दुर्घटना बढी हुने गरेको छ । नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरणसम्बन्धी सवारी चालकलाई विभिन्न सचेतना गराउने छन् । गाडीको सिट क्षमताभन्दा बढी यात्रु तथा सामग्री हाल्न रोक लगाउने बताइएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्