चितवन,२० असोज ।लगातारको वर्षाका कारण नारायणी नदीको पानीको सतह बढेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदि किनारका नागरिकले आज साँझसम्मै सावधानी अपनाउनुपर्ने भएको छ ।
महाशाखाका अनुसार नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशम्लव ३ मिटर पार गरेको छ ।
थप वर्षा हुने पूर्वानुमान गरिएका कारण चितवन र नवलपरासीका नदी किनारका बासिन्दाले उच्च सावधानी अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
चितवन, नवलपरासी, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ र गण्डकी प्रदेशका साना नदीमामा पनि आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाको भनाइ छ ।