काठमाडौं,२६ असोज ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट थप एक जनाको निधन भएको जनाएको छ ।
मन्त्रालयले बुधवार अद्यावधिक गरेको तथ्यांक अनुसार गत साउनदेखि हालसम्म डेंगु संक्रमणका कारण ४५ जनाको निधन भैसकेको छ ।
यसैबीच, पछिल्लो तीन दिनमा ३ हजार १ सय ५६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म ३७ हजार १ सय ३१ जनामा डेंगु संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।