मंसिर ४ गते हुने निर्वाचनका लागि सल्यानमा अन्तिम नामावली प्रकाशन तथा चुनाब चिन्ह प्रदान

सल्यान, २६ असोज ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गरेका सल्यानका दुई जनाको उम्मेदवारी फिर्ता भएको छ । निर्वाचन आयोगले दिएको समय सिमा भित्र प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेका एकरएक जनाको उम्मेदवारी फिर्ता भएको हो ।

नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा क बाट मनोनयन दर्ता गराएका काँग्रेस प्रदेश सहमहामन्त्री समेत रहेका एकराज डाँगीले पार्टीको सिद्धान्त र नीति अनुरुप गठवन्धनका उम्मेदवारलाई सघाउने भन्दै आफनो उम्मेदवारी फिर्ता लिएका हुन । नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको आग्रह तथा पार्टी केन्द्रको निर्देशन अनुसार आफुले उम्मेदवारी फिर्ता लिएर गठवन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता गरेको डाँगीले जानकारी दिए ।

यस्तै स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका डिल्ली वुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका हुन । यो संगै सल्यानमा १८ जना प्रतिस्पर्धी विच मतदान हुने गरी अन्तिम नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । यस्तै प्रदेशसभा क मा स्वतन्त्रबाट रमेश बुढाथोकीले उम्मेदवारी दिएकोमा विविध कारणले आफुले उम्मेदवारी फिर्ता नलिएको र चुनाव नलड्ने विज्ञप्ती मार्फत जानकारी दिएका छन ।

यसैविच जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । जसमा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहलाई पुतलि, जुद्ध बहादुर सिंहलाई क्रस खुकुरी चुनाव चिन्ह प्रदान गरिएको छ । यस्तै प्रदेश सभा क का स्वतन्त्र उम्मेदवार तुले सुनारलाई जेब्रा र रमेश बुढाथोकीलाई पानीको धारा चिन्ह प्रदान गरिएको छ । यस्तै प्रदेश सभा ख का स्वतन्त्र उम्मेदवार निर्मल सिंहलाई लालटिन चुनाव चिन्ह प्रदान गरिएकोे छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्