गाउँपालिका द्धारा व्यवसायिक पशुपालक कृषकलाई हिउँदे घाँसको विउ वितरण

सल्यान,१ कत्तिक ।सल्यानको त्रिवेणी गाउँपालिकाले कृषकलाई हिउँदे घाँसको विउ वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले हिउँदे जै घाँस र वर्षिम जातको घाँसको विउ मङ्गलवार वितरण गरेको हो । व्यवसायिक पशुपालन गर्दै आइरहेका कृषकलाई हिउँदे घाँसको विउ वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।

शाखा प्रमुख वसन्त रावतले पालिका भित्रका १ सय ७ जना कृषकलाई १२ क्विन्टल जै घाँस र डेढ क्विन्टल वर्षिम जातको घाँसको विउ वितरण गरिएको जानकारी दिए । गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेको जै घाँसको बीउ उत्पादन कार्यक्रमबाट उत्पादन भएको घाँसको बीउ वितरण गरिएको रावतको भनाई छ ।

घाँसको विउ वितरण गर्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले कृषकलाई घाँस खेतीमा आर्कषण गर्दै पशुपालन व्यवसायलाई थप बृद्धि गरिने बताए । पशुपालनको क्षेत्रमा गाउँपालिकाले लगानी गर्दै आएको र घाँस खेती विना पशुपालन व्यवसाय सञ्चालन गर्न समस्या हुने भएकाले पशुको आहारको लागि पनि घाँस खेती अनिवार्य भएको समेत जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, वडा नम्बर २ का वडाअध्यक्ष हस्त बहादुर राम्जा लगायतकाको उपस्थिति रहेको थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्