कतार विश्वकप २०२२ आठ मैदानमा खेलाइँदै;अब १० दिन मात्र बाँकी

काठ्मान्डौं,२४ कात्तिक ।कतारमा विश्वकप सुरु हुन अब १० दिन मात्रै बाँकी छ । १८ नोभेम्बरबाट हुने विश्वकपको महाकुम्भ डिसेम्बर १८ सम्म चल्नेछ । करिब एक महिनासम्म चल्ने यस प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । पहिलो पटक विश्वकप नोभेम्बर–डिसेम्बरमा खेलाइँदैछ । यसअघि विश्वकप जुन–जुलाईमा हुने गर्दथ्यो । तर, यस पटक कतारको गर्मीका कारण विश्वकप डिसेम्बरमा खेलाउन लागिएको हो ।
विश्वकपको उद्घाटन खेल अल बायत रंगशालामा हुनेछ जसमा ६० हजार दर्शक अटाउनेछन् । विश्वकप आठ मैदानमा खेलाइँदैछ । फाइनल भने ८० हजार दर्शक क्षमताको लुसेल रंगशालामा हुनेछ ।
कतार विश्वकपका लागि कस्ता कस्ता रंगशाला बनाइएको छ त ?

लुसेल स्टेडियम

कतार विश्वकप फुटबल २०२२ विशेषः यस्ता छन् भब्य र सबैभन्दा ठूलो लुसेल स्टेडियमको विशेषता –म्बष्थि ्र दोहाको लुसेल रंगशाला कतार विश्वकपमा आकर्षणको केन्द्र बन्नेछ । यो विश्वकपको सबैभन्दा ठूलो रंगशाला हुनेछ । गर्मीसँग लड्न यहाँ विशेष कूलिङ सिस्टम जडान गरिएको छ । जसले स्टेडियमभित्रको तापक्रम नियन्त्रणमा राख्नेछ । यहीँ विश्वकपको फाइनल खेल हुँदैछ । यसको निर्माण २०१७ मा सुरु भयो र २०२१ मा सम्पन्न भएको थियो । यसको दर्शक क्षमता ८० हजार रहेको छ ।

अल बेत स्टेडियम

कतार विश्वकपको उदघाटन खेल र समारोह अल बायत स्टेडियममा हुनेछ । यो विश्वकपको दोस्रो ठूलो स्टेडियम हो । यो खाडी क्षेत्रमा घुमन्ते मानिसहरूले प्रयोग गर्ने पाल जस्तै बनाइएको छ । स्टेडियम निर्माणको सात वर्षपछि ३० नोभेम्बर २०२१ मा फिफा अरब कपका लागि खोलिएको थियो । यस स्टेडियममा विश्वकपमा नौ खेल हुनेछ । जसमा तीन नकआउट खेल समावेश छन् । यसको दर्शक क्षमता ६० हजार रहेको छ ।

एजुकेशन सिटी स्टेडियम

यो स्टेडियम जुन १५, २०२० मा खोलिएको थियो । एजुकेशन सिटी स्टेडियम विश्वकै पर्यावरण मैत्री स्टेडियम मध्ये एक मानिन्छ । यो कतारका शैक्षिक संस्थाहरूले घेरिएको छ, जसले प्रतियोगिता बन्द भएपछि पनि रंगशाला प्रयोगमा ल्याउने छ । विश्वकप सकिएपछि उक्त स्टेडियम सोही क्षेत्रका विद्यालय र कलेजहरुले प्रयोग गर्ने छन् । यसको दर्शक क्षमता ४३ हजारभन्दा बढी छ ।

स्टेडियम ९७४

स्टेडियम ९७४ निर्माणमा प्रयोग गरिएका ढुवानी कन्टेनरहरूको संख्या र देशको अन्तर्राष्ट्रिय डायलिङ कोडलाई ध्यानमा राखिएको छ । २०१७ मा निर्माण सुरु भएको यो रंगशाला गत वर्ष पूरा भयो । विश्वकप सकिएपछि यो रंगशाला पूर्ण रुपमा ध्वस्त गरिने छ ।

खलिफा इन्टरनेशनल स्टेडियम

खलिफा अन्तर्राष्ट्रिय रंगशाला सन् १९७६ मा बनेको हो । यसको नवीकरण २०१७ मा भएको थियो । यो दोहा स्पोर्ट्स सिटी कम्प्लेक्सको एक हिस्सा हो । यो कतारका पूर्व अमिर खलिफा बिन हमाद अल थानीको नाममा राखिएको हो । यो राष्ट्रिय टोलीको घरेलु मैदान पनि हो ।

अहमद बिन अली स्टेडियम

अल–रेयानस्थित अहमद बिन अली स्टेडियममा पनि विश्वकपका विभिन्न खेल खेलाइने छ । यो स्टेडियम २००३ मा बनाइएको हो । यसको दर्शक क्षमता ४४ हजार ७४० छ । यहाँ समूह चरणमा अमेरिका, वेल्स, बेल्जियम, क्यानडा, इरान, जापान, कोस्टारिका, इंग्ल्याण्ड र क्रोएसियाका टोलीले खेल्नेछन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्