आसन्न मंसिर ४ गतेहुने निर्वाचनका लागि सल्यानमा एक हजार ६ सय ३२ कर्मचारी खटिने;पुरा बिबरण सहित

कात्तिक २६, सल्यान । आसन्न मङ्सिर ४ गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक हजार ६ सय ३२ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भटराईले जानकारी दिए ।
२ सय ५ मतदान अधिकृत, सहायक मतदान अधिकृत २ सय ५, एक हजार १७ सहायक कर्मचारी, सहयोगी २ सय ५ गरि एक हजार ६ सय ३२ कर्मचारी खटिने प्रमुख भटराईले जानकारी दिए । जिल्लाभर २ सय २ मतदान केन्द्र र १ सय १७ वटा मतदानस्थल कायम गरिएको छ । प्रति मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी कर्मचारी रहने छन् ।

सल्यानमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि जिल्लाका १० वटै स्थानीय तह गरी एक लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । महिला ७७ हजार ४ सय ८९, र पुरुष ८० हजार २ सय १२ जना रहेका छन । जिल्लाभरका २ सय २ मतदान केन्द्र्रमा खटनपटन गर्ने कर्मचारीको नाम समेत निर्वाचन कार्यालयले प्रकाशन समेत गरीसकेको छ ।
मतदानमा खटिने कर्मचारीहरुलाई २५ गते देखि २७ गते सम्म जिल्ला समन्वय समितीको सभाहलमा अभिमुखिकरण तालिम संचालन गरीने । सम्बन्धित क्षेत्रमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
(खटनपटनमा जाने कर्मचारीको पुरा बिबरण हेर्न यहाँ क्लीक गर्नुहोस ।)

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्