इङ्ल्यान्डलाई २–१ अन्तरले पराजित गर्दै फ्रन्स फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं,२५ मंसिर ।इङ्ल्यान्डलाई २–१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सिमित बन्यो ।

औरेलियन टिचुआमेनीकै गोलले १८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए । केनले पूर्व कप्तान वायन रुनीसँग ५३ गोलको बराबरी गरेका हुन् ।

ओलिभर जिरौडले समय सकिन १२ मिनेट बाँकी रहँदा कीर्तिमानी गोल गरेपछि फ्रान्स २–१ को अग्रता बनायो । केनले ८४औं मिनेटमा गरेको पेनाल्टी प्रहार पोष्टभन्दा निक्कै माथिबाट बाहिरिएपछि इंग्ल्यान्ड खेलमा फर्कन सकेन । अब, फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग भिड्ने छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्