प्रथम लुम्बिनी प्रदेश स्तरिय कृर्षि तथा पर्यटन महोत्सवको आज उद्घाटन हुने

दाङ,२५ मंसिर ।तुलसीपुरमा आज देखि सञ्चालन हुन लागेको प्रथम लुम्बिनी प्रदेश स्तरिय कृर्षि तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ । आयोजकले शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर मेलाको तयारी पुरा भएको जानकारी गराएको हो। महोत्सवलाई लुम्बिनी प्रदेशका सिचाई तथा जलस्रोत राज्यमन्त्री अर्जुन श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आइतबार बिहान ११ बजे तुलसीपुरको त्रिशिदेश्वरी मन्दीर परिसरबाट ¥याली आयोजना गरी १२ बजे मेला स्थलमा गएर उद्घाटन हुने कार्यतालिका रहेको मेला आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए । तुलसीपुरमा अत्याधुनिक पुस्तकालय निर्माणको लागि सञ्चालन हुन लागेको मेला मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म चल्ने आयोजकले बताएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्