एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

सल्यान,२ पुष ।आज शनिबार निशुल्क स्वास्थ्य शिविर मुल्डाँडाको श्री शिव मा.विमा सम्पन्न भएको छ ।शारदा नगरपलिका वडा नम्बर १२ को आयोजना तथा कर्णाली अस्पताल प्रा.ली.को आर्थिक तथा प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।जाडोको समयमा वडा भित्रका सबै उमेरसमुहका बिरामीको पहिचान हुने र प्रत्यक्ष रुपमा बिराको निशुल्करुपमा उपचार गर्दा राहात हुने भएकोले कार्यक्रमको आयोजना गरीएको वडा अध्यक्ष सुरेन्द्र बुढाले बताए ।स्वास्थ्य शिविरमा नाँक,कान तथा दाँत सम्बन्धि रोगका १५० जना बिरामीहरुको उपचार गरीएको हो । स्वास्थ्य सिविरमा डा.सुशील पोख्रेल , डा.सुरज पाण्डे, कर्णाली अस्पताल प्रा.लि.का संचालक
गंगाराम डि.सी. आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत नरेन्द्र बुढाथोकी टीका शर्मा, शिव माबिमा कार्यरत प्रेना घर्ती लगायतका स्वास्थ्य कर्मिहरुले सेवा प्रदान गरेका हुन।
साथै यसै क्रममा नव निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय प्रकाश ज्वाला र प्रदेश सभा सदस्य माननीय सुरेस अधिकारीलाई बधाई तथा सम्मान समेत गरिएको थियो।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्