धनगढी, ३ पुष । कैलालीको अत्तरियास्थित घोडाघोडी १ बस्ने सुन व्यवसायी २८ वर्षीय विकास सुनारमाथि आइतबार साँझ साढे ६ बजे गोली प्रहार भएको छ अत्तरियामा उनको न्यू घोडाघोडी सुनचाँदी पसल छ । उनी पसल बन्द गरेर घर जाने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।
अत्तरियाको पूर्वी सडकमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मोटरसाइकलमा सवार २ जनाले गोली चलाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुनारको दाहिने हात र ढाडमा चोट लागेको छ । उनको अत्तरियास्थित पद्मा अस्पतालमा प्रारम्भिक उपचारपछि मायामेट्रो अस्पताल धनगढीमा रिफर गरिएको छ ।
गोली प्रहार गर्नेहरुको खोजी कार्य भइरहेको र जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा प्रहरी टोली परिचालन भएको प्रवक्ता जोशीले बताए छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।