पहाडी क्षेत्रको मौसम आंशिदेखि सामान्य बदली, तराईमा हुस्सु कुहिरो

काठमाण्डौ, ४ पुष ।भारतको बिहारमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।
यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएका छन् । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ । तराईका जिल्लामा पनि हुस्सु कुहिरो लागेको छ ।
तराईका जिल्लामा लागेको हुस्सु कुहिरो दिउँसो पछि मात्रै हट्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताए । देशभर नै जाडो बढिरहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्