तारमा अड्किएको बेलुन निकाल्न खोज्दा करेन्ट लागेर एकको मृत्यु

काठमाण्डैं, ४ पुष ।कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान धनगढी उपमहानगरपालिका-३ स्थित लालीगुराँस होटलमा काम गर्ने २२ वर्षीय महेश भारतीको मृत्यु भएको हो। विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो।
त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्