सल्यान,५ पुष। सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन । जिल्लाको छत्रेश्वरी गाउँपालिका ,१ दमाचौर बाट दाङ्गको लागि छुटेको ना ८ ख २५३ नम्बरको बस सिद्ध कुमाख गाउँपालिकाको पटारेमा दुर्घटना भएको हो ।बस विहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परेर घाइते हुनेहरुमा छ्त्रेश्वरी गाउँपालिका १ दमाचौरका ३८ बर्षिय भद्रविर खत्री, त्रिबेणि ६ लुहामकि ४० बर्षीय टीका नेपाली, सिद्धकुमाख ३ ढोरचौरकि २३ बर्षिय तुलसा देबकोट, त्रिबेणि गाउँपालिका ६ कि ५१ बर्षिय मायादेवी नेपाली, शारदा नगरपालिका ६ का ३० बर्षिय खुमलाल केसी रहेका छन ।
त्यसैगरी छ्त्रेश्वरी २ दहखोलाका ३७ बर्षीय चिरञ्जीवी खड्का, छ्त्रेश्वरी १ काल्चेकि ६३ बर्षिय चम्फादेबी शर्मा,सोही ठाउँका ३५ बर्षिय नारायण प्रसाद हमाल, शारदा नगरपालिका १५ स्यानिखालका १९ बर्षीय प्रवेश बोहरा, सिद्ध कुमाख गाउँपालिका १ बाझकाडाका ३९ बर्षिय, राजेन्द्र कुमार चलाउने र छ्त्रेस्वरी २ का २४ बर्षिय भुपेन्द्र चन्द रहेका छ्न ।
उनीहरुको हाल श्रीनगरको कान्तिपुर हस्पिटलमा उपचार भईरहेकोे छ । चालक, सहचालक र गाडि साहु गरी जम्मा ३९ जना यात्रु सवार बस सडक बाट झण्डै ५०मीटर तल खसेको छ । गाडि चालक छत्रेश्वरी गाउँपालिका १ का ३० वर्षीय तारा प्रकाश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।