सल्यानको श्रीनगरमा महोत्सव लाग्ने

सल्यान, ५ पुष ।उद्योग गरौं, उद्यमी बनौं, देश बिकासमा टेवा पुर्‍यौ , मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको भन्ने नाराका साथ पुष १३ देखि २३ गते सम्म बृहत सल्यान लघु घरेलु उधोग,कृषि पशु पर्यटन तथा साँस्कृतिक महोत्सव लाग्ने भएको हो ।

दस दिन सम्म सञ्चालन हुने महोत्सवको लागि आवश्यक तयारी थालिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष प्रेम बहादुर डाँगीले जानकारी दिए । शनिवार श्रीनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उन्ले स्थानीय तह संगै जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेर महोत्सव सञ्चालनको तयारीमा आफुहरु रहेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा हुन लागेको महोत्सवमा स्थानिय उत्पादनको वजारीकरण गर्ने लक्ष्य रहेको र महोत्सवमा दुई सय देखी दुई सय ५० सम्म स्टल रहने अध्यक्ष डाँगीले बताएका हुन् । उहाँले महोत्सवमा कर्णाली प्रदेशका दश वटै जिल्लाको लघु घरेलु, कृषि, पशु, पर्यटनसँग सम्बन्धित उत्पादनलाई राखिने,‘ लघु घरेलु उद्योग अन्तर्गत उत्पादन भएका उत्पादनलाई स्टलमा राख्ने र स्थानिय उत्पादनलाई प्रोत्साहन, व्यवस्थापन, वजारीकरण लगाएतका कार्यमा सहयोग गर्ने अपेक्षा रहेको बताए ।

महोत्सवमा दैनिक १० लाख बढीको प्रत्यक्ष र ५ लाख बढीको अप्रत्यक्ष रुपमा कारोबार हुने आयोजकको भनाइ छ । जसमा महोत्सव अवधिभर एक करोड ५० लाख बढीको कारोवार हुने जनाइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुति रहने छ भने बाल उद्यान, पिङ, लगाएतका रहने छन् । महोत्सव अवधिभर करिब ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको भनाइ छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानको भवन निर्माणका लागि संचालन गर्न लागीएको महोत्सवका लागि प्रवेश शुल्क प्रती ब्यक्ति १ सय लाग्ने आयोजक संस्थाले बताएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्