नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारण सभा आज सुर्खेतमा

सुर्खेत,८ पुष ।नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारण सभा आज पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुँदैछ ।

महासंघको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आथित्यतामा पुस ८ र ९ गते साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेकाहो ।

साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको महासंघले बताएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार मन्त्री, अर्थमन्त्री, राष्ट्रिय दलका प्रमुख एवम् प्रतिनिधि, मुख्यमन्त्री, सुर्खेतस्थित स्थानीय तहका प्रमुखहरू र विभिन्न संघ संगठनका प्रमुखहरूको सहभागिता रहने जनाइएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महरा लगायतको उपस्थिति हुनेछ ।

साधारण सभाको उद्घाटन सत्र आज विहान ९ बजे हुने छ भने त्यसअघि विहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी कार्यक्रम गरिने भएको छ ।

साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका केन्द्रीय महासचिव रोशन पुरीले जानकारी दिए । महासचिवले पेस गरेको महासंघको सांगठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवेदनमाथि बृहत् छलफल समेत हुने जनाइएको छ ।

एक हजार तीन सय १६ साधारण सदस्य रहेकोमा यस अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए ।

अधिवेशनका लागि आर्थिक दायित्व केन्द्रीय समितिले लिएको छ । महासंघले अधिवेशन सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि समेत अनुरोध गरेको महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए । संघीय सरकारले महासंघको अधिवेशनका लागि वार्षिक बजेट विनियोजन गर्दै आएको छ ।

सोही बमोजिम यसपटक हुने अधिवेशनका लागि कर्णाली प्रदेश सरकारले १५ लाख बजेट व्यवस्थापन गरिदिएको कोषाध्यक्ष सेजुवालले बताए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्