भेरीगंगामा तीन दिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

सुर्खेत,१५ पुष ।कर्णाली प्रदेशको प्रबेशद्धवार भेरीगंगामा तीन दिने सहकारी सम्बन्धी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा सहकारी सम्बन्धी लेखा व्यवस्थापन तालिम भेरीगंगामा विहिबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, आर्थिक विकास संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष प्रेम बहादुर सारु, उद्योग विकास तथा सहकरी शाखा प्रमुख चित्रा डाङ्गी र प्रशिक्षक नेफस्कुन वीरेन्द्रनगर शाखाका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले कार्यक्रममा मन्त्वय राखेका थिए

समापन कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा डाङ्गीले तीन दिनसम्म सिकेको सिपलाई उपलब्धीमुलक बनाउन सहभागीलाई जोड दिईन । कोपोमिसमा आवद्ध हुन र मासिक प्रतिवेदन प्रत्येक महिना शाखामा पेश गर्न नगरभित्रका सहकारी संघ÷संस्थाहरुलाई आह्वान गर्नुका साथै आधार शिला कार्यक्रम पनि छिटै सञ्चालन गर्ने बताईन ।

तीन दिने तालिममा सहभागीलाई सहकारी लेखा प्रणाली, सहकारीको चार खाता, गोसय भौचार, सन्तुलन परिक्षण, नाफा नोक्सान, स्थिती विवरण पत्र, सहकारीका कर कट्टी र मूल्य ह्रास लगायतको विषयमा नेफस्कुन वीरेन्द्रनगर शाखाका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले परिक्षण दिएका थिए ।

तालिममा सहभागी ३४ जनालाई प्रमाणपत्र प्रदान गरी समापन गरिएको थियो । कार्यक्रम सञ्चालक उद्यम विकास सहजकर्ता लाल बहादुर कार्की र सुनिता जैसीले गरेका थिए

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्